भारतमा ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क खाद्यान्न

स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा

 चैत १३, २०७६ बिहिबार १५:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म निशुल्क दिने भारतले घोषणा गरेको हो ।

भारतले कोराना भाइरसको उपचारमा संलग्नलाई ५० लाख रुपैयाँको बिमाको घोषणा गरेको छ । प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया