विदेशबाट फर्किएका सबैलाई क्वारेण्टीनमा बस्न सरकारको आग्रह

 चैत १३, २०७६ बिहिबार १७:८:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले विदेशबाट फर्किएका सबैलाई अनिवार्य क्वारेण्टीनमा बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विदेशबाट आएका सबैलाई अनिवार्य क्वारेण्टीनमा बस्न आग्रह गर्नभएको हो । उहाँले कोरोना भाइरसको डरले नआत्तिन, तर सचेत रहन आग्रह पनि गर्नुभएको छ ।

कोरोनाको लक्षण तत्काल नदेखिने भएकाले उहाँले बारम्बार साबुनपानीले हात धुन र सकेसम्म एक अर्कोको दूरी बढाउन पनि आग्रह गनुभयो । पन्जा, चस्मा, मास्क र टोपी लगाएमा पनि कोरोनाको जोखिमबाट बच्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया