लकडाउनको चौथो दिन, घरबाहिर ननिस्कन सरकारको आग्रह

 चैत १४, २०७६ शुक्रबार ७:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – ‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको छ । 

गएको मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म देशभर लकडाउनको घोषणा गरेकाले अति आवश्यक नपरि घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ । 

यस्तै कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना पनि तिराउने गरिएको प्रहरीले जनाएको छ । बिहीबार लकडाउन उल्लङ्घन गर्ने दुई सय २५ वटा मोटरसाइकल र २८ वटा चार पाङग्रे गाडीसहित दुई सय ५३ वटा गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया