प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – चीनमा तस्करी गरेर ल्याइएको सालकमा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि भएको छ ।
भविष्यमा कोरोना जस्तो सङ्क्रमण हुन नदिन जङ्गली जीव जनावरको बिक्री पूर्णरुपमा रोक लगाउन आवश्यक रहेको ‘नेचर जर्नल’मा प्रकाशित एक नयाँ अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले सुझाव दिएका छन् ।
यसअघि चमेरोलाई कोरोना भाइरसको मूल स्रोत रहेको दाबी गरिएको थियो । तर चीनमा तस्करी गरेर ल्याइएको सालकमा कोरोनासँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि भएको अनुसन्धानकर्ताको दाबी छ ।
सालक स्तनधारी जीव हो, जसको मासु खान र पारम्परिक औषधिको रुपमा प्रयोग हुने गरेको छ । औषधिको रुपमा पनि प्रयोग हुने भएकाले सालक धेरै तस्करी हुने मध्येको एक जीव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरस जन्माउन सालकको भूमिका र भविष्यमा मानिसहरुमा त्यो सङ्क्रमणको खतराबारे थप अध्ययनको लागि पनि चीन र दक्षिण पूर्व एसियाको जङ्गलमा पाइने सालकलाई अतिरिक्त निगरानीमा राख्नुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् ।