पोखरीमा डुबेर कपिलवस्तुमा एकै घरका दुई बालकको ज्यान गयो

 चैत १४, २०७६ शुक्रबार १३:१३:५३ | गोपाल भण्डारी

कपिलवस्तु – कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा स्थानीय तबरेज धुनियाका छोराहरु १२ वर्षीयसलमान धुनिया र १० वर्षीय अरमान धुनिया रहेका प्रहरीले जनाएको छ । दुवैक शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । 

घर नजिकै विद्यालयको किनारमा रहेको पोखरी किनारमा खेल्दै गर्दा उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

पोखरीको किनारमा लोडरले माटो निकालेकोले गहिरो भएकोले बालकहरु त्यही ठाउँमा डुबेको स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया