झापामा कोरोना भाइरसबारे भ्रम फैलाउने व्यक्ति पक्राउ

 चैत १५, २०७६ शनिबार ७:१४:२८ | रासस
unn.prixa.net

झापा - कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । 

क्वारेन्टाइन तयार

सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० शय्याको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।

भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । 

मेची नगरपालिकामा ७० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई  राखिएको छ ।  मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् । 

जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
 
बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका  र कनकाई नगरपालिकामा १०÷१० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।  

लकडाउनका समयमा सेवा पु¥याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले छ एम्बुलेन्स तयार गरेको छ । गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका छ । एम्बुलेन्स तयार गरेको हो ।

एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट  बच्न पिपीइ ड्रेस लगाएको गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया