यूरोपमा वायुको गुणस्तरमा सुधार

 चैत १५, २०७६ शनिबार ९:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो समय यूरोपमा वायुको गुणस्तरमा सुधार भएको देखिएको छ ।

कोरोना भाइरसको संकटका कारण मानवीय तथा औद्योगिक गतिविधि ठप्प हुँदा युरोपमा वायुको गुणस्तरमा सुधार भएको देखिएको बीबीसीले जनाएको छ । लकडाउन तथा औद्योगिक गतिविधि ठप्प हुँदा वायु प्रदूषण तीव्र गतिमा घटेको देखिएको खबरमा उल्लेख छ ।

फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्याण्डस र बेलायतसहितका देशको वायुको अवस्था विश्लेषण गर्दा इन्धनको प्रयोगबाट हुने नाइट्रोजन डाइअक्साइडको उत्सर्जन कम भएको देखिएको हो ।

सन् २०१९ को पूरै मार्चको तुलनामा यो वर्षको मार्चको १२ दिनमा वायु प्रदूषण अति कम देखिएको रोयल नेदरल्याण्डस मेटेरोलोजिकल इन्स्टिच्युड (केएनएमआई) लाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया