नेपालमा रहेका जर्मनी र फ्रान्सका नागरिकलाई आज स्वदेश फिर्ता गरिँदै

 चैत १५, २०७६ शनिबार १०:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - नेपालमा रहेका जर्मनी र फ्रान्सका नागरिकलाई आज स्वदेश फिर्ता गर्ने सरकारको तयारी छ ।

जर्मनी र फ्रान्सको विशेष अनुरोधमा नेपालमा रहेका उनीहरुलाई स्वदेश फर्काउन लागिएको विमानस्थल कार्यालयले जनाएको छ । उनीहरुलाई लिन आज दुई वटा विमान केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दैछन् ।

पहिलो विमान बिहान सवा १० बजे आइपुगेर सवा ११ बजे फर्कने र अर्को विमान सवा ११ बजे आइपुगेर सवा १२ मा फर्कने तयारी छ । पहिलो विमानमा जर्मनीले आफ्ना नागरिक लैजानेछ भने दोस्रो विमानमा फ्रान्सका नागरिक पठाउने तयारी छ ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको घोषणा गरेको बेला जर्मन सरकार र यूरोपेली युनियनले अनुरोध गरेपछि उनीहरुलाई फर्काउने तयारी भएको हो ।

यसअघि शुक्रबार ३ सय ४ जना यात्रु लिएर कतार एयर दोहा हुँदै फ्रयाँकफर्ट उडेको थियो । नेपाल आउँन लागेका विमानमा कोही पनि यात्रु भने ल्याउन पाइने छैन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया