तरकारी कुहियो : उपभोक्ता महंगोमा किन्न बाध्य

 चैत १५, २०७६ शनिबार १२:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कालिमाटीको तरकारी बजारमा तरकारी कुहिन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण बिहान २ बजे देखि ६ बजेसम्म खरिद बिक्री गर्न निश्चित समय तोकिए पछि काठमाण्डौ आएको तरकारी राम्रोसँग बिक्री हुन् नपाउँद कुहिन थालेका हुन् । लामो समय सम्म बिक्री नभएको हरियो तरकारी कुहिएर फाल्नुपरेपछि काठमाण्डौ महानगरले कीटनाशक औषधी छर्कनु परेको छ ।

स्थानीय किसानको तरकारी बजारमा आउन नपाएको तर भारतबाट आउने तरकारी निर्बाध बजारसम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन् । यस्तै बल्खु तरकारी बजारमा भने केही चहलपहल देखिएको छ तर तरकारी बिक्री नभएको गुनासो भने उस्तै छ ।

तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ ।  कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया