घरपालुवा जनावरबाट काेराेना भाइरस मानिसमा सर्ने कुनै प्रमाण भेटिएकाे छैन: डब्ल्यूएचओ

 चैत १७, २०७६ सोमबार १०:२९:३२ | एजेन्सी

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिलेसम्म घरपालुवा जनावरबाट कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण नभेटिएको जनाएको छ ।

हङकङमा एउटा कुकुरलाई कोरोना भाइरस सङ्क्रमण भएको पाइए पनि कुकुर, बिरालो लगायत घरपालुवा जनावरबाट मानिसमा सर्ने कुराको कुनै प्रमाण नभएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ ।

कोरोना भाइरस मानिसबाट मानिसमा सरिरहेको र सङ्क्रमित मानिसले होक्दा, हाच्छिउँ गर्दा वा बोल्दा निस्कने थुकका छिटाबाट नै सरिरहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्क्रमित मानिसले नियमित मास्क लगाउने, खोक्दा हाच्छिउँ गर्दा छिटा बाहिर जान नदिने र सबैले बारम्बार हात धोएर सफा राख्न सकेमा सङ्क्रमण फैलिन कम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । घरपालुवा जनावरबाट सर्ने कि नसर्ने कुरामा थप अध्ययन भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया