लकडाउनको बेलामा यसरी गरौँ गाडीको हेरचाह

 चैत १७, २०७६ सोमबार १४:११:२४ | राेशन केसी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको जोखिम बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि देश नै लकडाउन गर्यो । लकडाउनको अवधिभर देशैभर चल्ने अत्यावश्यक बाहेक सार्वजनिक तथा  व्यक्तिगत गाडीहरु गुडाउन नपाइने भयो ।

ट्राफिक महाशाखाको जानकारी अनुसार काठमाण्डौमा १२ लाख गाडी गुडछन् भने देशैभर ३५ लाख गाडीहरु दर्ता भएको पाइन्छ । तर लकडाउन भएसँगै यीमध्ये धेरै गाडी चलेका छैनन् ।

यसरी गाडीहरु नचल्दा गाडीको ब्याट्रीमा समस्या आउन सक्छ भने गाडीका विभिन्न पार्टपुर्जामा ग्रीजिङ र आयलको प्रवाह हुन पाउँदैन । त्यसैले गाडीलाई लामो समय रोकेर राख्दा गाडीको राम्रो हेरचाह गर्नुपर्दछ ।

लामो समय गाडी रोकेर ध्यान दिनुपर्ने कुराहरु 

  •  गाडीलाई २, ३ दिनको फरकमा १५ देखि २५ मिनेटसम्मका लागि स्टार्ट गर्ने  
  •  २, ३ दिनको फरकमा गाडीलाई  अलिअलि चलाउने, जसले गर्दा ब्याट्री चार्ज हुनुको साथै आवश्यक पार्टपुर्जामा ग्रीजिङ र आयलिङ हुन्छ 
  •  रेडियटरमा पानीको मात्राको जाँच गर्ने
  •  हाइड्रोलिक आयल लेभल जाच्ने 
  •  लुब्रिकेन्ट्सको अवस्था हेर्ने
  •  बेला बेलामा आयलिङ र ग्रीजिङ गर्ने
  • आँखाले देखिने गाडीका सबै पार्टपुर्जाको जाँच गर्ने 

अन्तिम अपडेट: चैत १३, २०८०

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया