ललितपुरमा साइकलबाट लडेर दुई जनाको ज्यान गयो

 चैत १७, २०७६ सोमबार १७:५४:२३ | रासस
unn.prixa.net

ललितपुर - ललितपुरको वाग्मती गाउँपालिका-३, भट्टेडाँडाको झाँक्रीडाँडामा साइकलबाट लडेर दुई जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक  मोहनकुमार भडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए ।’ कोभिड –१९ सङ्क्रमणका क्रममा देशमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा दुई जनाको ज्यान गएको खुल्न आएको छ । 

उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया