काेराेनाका कारण अष्ट्रेलियन खेलाडीकाे केन्द्रीय सम्झाैता अनिश्चित

 चैत १७, २०७६ सोमबार १८:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसको असर यतिबेला अष्ट्रेलियन क्रिकेट खेलाडीको सम्झौतामा पनि परेको छ ।

कोरोनाका कारण असामान्य अवस्था सिर्जना भएपछि अष्ट्रेलियन क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता अनिश्चित बनेको छ । यसका साथै खेलाडीको प्रदेश र बिग ब्याशसँगको सम्झौता पनि अनिश्चित भएको छ ।

गएको शुक्रबार बोर्डले अप्रिल ३० अर्थात सोमबारका लागि खेलाडीसँग केन्द्रीय सम्झौता गर्ने बताएको थियो । तर कोरोनाका कारण त्यो सफल हुन सकेन । यस्तोमा बिग ब्याश क्रिकेट लिग कोरोनाका कारण केही हेरफेर हुने बताएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्डले पनि अहिले सबैतिर अवस्था सामान्य नभएकाले तत्काल बिग ब्याश गर्न कठिन रहेको जनाएको छ । कोरोनाका कारण अष्ट्रेलियामा सबै क्रिकेट गतिविधि अहिले बन्द छन्।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया