सुरु भयो चीनको वुहानमा मानिसको आवागमन, खुल्न थाले पसल

 चैत १८, २०७६ मंगलबार १८:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस अर्थात कोभिड-१९ को उद्गमस्थल चीनको वुहान सहरमा मानिसको आवागमन हुन सुरु भएको छ । 

भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म हजारौं मानिस घरभित्रै बस्न बाध्य भएका थिए । पालिकाले हुवेई प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्ध हटाएको छ ।

योसँगै बजार/पसल खुलेका छन् ।  ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिएको छ ।  गएको जनवरी २३ तारिखदेखि वुहानमा लकडाउन गरिएपछि झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।  

वुहानका बासिन्दामाथि यात्रामा लागेको प्रतिबन्ध आउँदो अप्रिल ८ तारिखदेखि हटाइनेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • Ram Simkhada

    March 31, 2020, 7:12 p.m.

    केे गर्नु हाम्रा त राेगी राेगि भै हाले निराेगि झन राेगि भएर पाे बिखलबन्द पर्याे त !

  •  0 Reply

तपाईको प्रतिक्रिया