भुइँचालोमाजस्तो गर्भवती र सुत्केरीले आत्तिनु पर्दैन

 चैत १९, २०७६ बुधबार १५:९:४८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - ललितपुरको बीएण्डबी अस्पतालमा कार्यरत डाक्टर अञ्जना कार्कीलाई निरन्तर फोन आउँछ । स्त्रीरोग विशेषज्ञ कार्कीले फोन उठाउन झर्काे मान्नुहुन्न । फोनमा धेरैजसोले महिना लाग्यो अब के होला,  खाइरहेको औषधि सकियो, लकडाउन अझ लम्बिए अब कसो गर्नेजस्ता जिज्ञासा गर्ने गरेको र उहाँले त्यसको जवाफ दिइरहनु परेको छ । उहाँका अनुसार कोरोना सङ्क्रमणको जोखिम र ‘लकडाउन’पछि गर्भवती र सुत्केरीमा मनोवैज्ञानिक त्रास बढेको छ ।

‘शिशु चले, पानी नबगे या रक्तश्राव छैन भने आत्तिनुनपर्ने भनेर उहाँले सम्झाउने गर्नुभएको छ ।’ आइरन र क्याल्सियम नियमित खान छोड्नुहुँदैन । परिवारका सदस्यले पनि बेलाबेला सम्झाइ बुझाइ गर्नसके गर्भवती वा सुत्केरीलाई तनाव हुँदैन ।

‘लकडाउन’ लम्बिएको अवस्थामा गर्भवती र सुत्केरीलाई थप अप्ठेरो पर्न सक्छ । तर भुइँचालोपछि बाहिर बस्नुपर्दाकोजस्तो अवस्था अहिले नरहेकोले बढी आत्तिनुनपर्ने उहाँको भनाइ छ । ‘गर्भवती र सुत्केरीले अलि बढी डराएर फोन गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘शिशु चले, पानी नबगे या रक्तश्राव छैन भने आत्तिनुनपर्ने भनेर उहाँले सम्झाउने गर्नुभएको छ ।’ आइरन र क्याल्सियम नियमित खान छोड्नुहुँदैन । परिवारका सदस्यले पनि बेलाबेला सम्झाइ बुझाइ गर्नसके गर्भवती वा सुत्केरीलाई तनाव नहुने उहाँले बताउनुभयो ।

‘लकडाउन’को कारण अहिले अस्पतालहरुमा नियमित जाँच रोकिएको छ । गर्भवती र सुत्केरीलाई आकस्मिक बाहेकका सेवामा जाँच तथा उपचार गराउन रोकिएको छ । अरु नागरिकजस्तै गर्भवती र सुत्केरी पनि घरमै बस्नुपरेको छ । तर गर्भावस्थामा रहेकाहरुलाई अलि बढी चिन्ता छ । डाक्टर कार्कीका अनुसार मुख्य चार अवस्थामा मात्रै आत्तिनुपर्छ । १) शरीर सुन्निनु, २) शिशु नचल्नु, ३) पानी धेरै बग्नु र ४) रगत बग्नु । यस्ता लक्षण देखिए डाक्टर वा स्वास्थ्य संस्थालाई जानकारी गराउन डाक्टर कार्कीको सुझाव छ । 

सुत्केरी हुने बेला अस्पतालहरुमा सामान्य वा शल्यक्रिया सेवा रोकिएको छैन । आकस्मिक सेवा खुला छ । आकस्मिक सेवामा आउने गर्भवती र सुत्केरीलाई नफर्काइएको डाक्टर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसले गर्भवती वा सुत्केरीलाई बढी जोखिम भएको भेटिएको छैन ।

उहाँले भन्नुभयो, ‘ गर्भवती वा सुत्केरी अहिले घरपरिवारको साथमा रहेकाले आत्तिनु पर्दैन । परिवारको साथ र सहयोगले अझ सहज भएको छ ।’ पूर्वतयारीमा सामान्य ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘गर्भवती वा परिवारका सदस्यले सुत्केरी गराउने साधन, एम्बुलेन्स सेवाबारेको जानकारी र अन्य आवश्यक तयारी पहिलेदेखि गरे बेस हुन्छ ।’ 

गर्भावस्थामा रहेकाहरुलाई अलि बढी चिन्ता छ । डाक्टर कार्कीका अनुसार मुख्य चार अवस्थामा मात्रै आत्तिनुपर्छ । १) शरीर सुन्निनु, २) शिशु नचल्नु, ३) पानी धेरै बग्नु र ४) रगत बग्नु । यस्ता लक्षण देखिए डाक्टर वा स्वास्थ्यसंस्थालाई जानकारी गराउन डाक्टर कार्कीको सुझाव छ । 

अहिलेको अवस्थामा घरमा बस्दा गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुराहरुः १) अरुलेजस्तै साबुनपानीले नियमित हात धोइरहने, २) कम्तीमा १ मिटरको दूरी कायम गर्ने, ३) नियमित खानुपर्ने औषधि खाने, ४) पोषिलो खानेकुरा र हल्का व्यायाम गर्ने, ५) बेलाबेलामा ब्लड प्रेसर जाँच गर्ने, ६) अस्पतालले उपलब्ध गराएको अनलाइन सेवा वा फोन नम्बर वा सामाजिक सञ्जालमा सम्पर्क  रहिरहने र ७) कुनै बेला असहज भइहालेमा नजिकैको स्वास्थ्यसंस्था जाने वा अस्पतालमा सम्पर्क गर्ने ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया