दोस्रो विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस स्थगित

 चैत १९, २०७६ बुधबार २१:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विम्बल्डन टेनिस प्रतियोगिता पनि स्थगित भएको छ । दोस्रो विश्व युद्धपछि पहिलो पटक कोरोना भाइरसका कारण यो प्रतियोगिता स्थगित हुन पुगेको हो ।

आउँदो जुन २९ देखि जुलाई १२ सम्म आयोजना हुनुपर्ने प्रतियोगिता स्थगित भएको हो । यस्तै फ्रेन्च ओपन पनि स्थगित भइसकेको छ । मे महिनाबाट  सुरु हुने प्रतियोगिता सेप्टेम्बरमा सारिएको छ ।

यसअघि इङ्गल्याण्डले विम्बल्डन हुने प्रतियोगिता स्थलमा रहेका पूर्वाधारहरु बेलायतले स्वास्थ्य सेवाको प्रयोजनका लागि खुला गरेको थियो ।
अल इङ्गल्याण्ड क्लबले आफ्नो मातहतमा रहेका पूर्वाधारहरुलाई कोरोना सङ्क्रमण उपचारका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेको छ ।

विम्बल्डन एरिनामा १५ जनाको उपचार गर्न सकिने कोठा रहेको छ । जसमा चार बेड रुम र एउटा ठूलो उपचार कक्ष रहेको छ । जसलाई आइसोलेसन कक्षमा परिणत गर्न सकिनेछ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया