कोरोनाविरुद्धको अभियानका लागि दुई वर्षको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने गौतम गम्भीरको घोषणा

 चैत २१, २०७६ शुक्रबार ८:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - भारतीय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान तथा वर्तमान सांसद् गौतम गम्भीरले कोरोना भाइरसविरुद्धको अभियानका लागि दुई वर्षको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

गम्भीर अहिले भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट दिल्लीका सांसद छन् । 

उनले कोरोनाविरुद्धको अभियानमा सरकारलाई सघाउन प्रधानमन्त्री राहत कोषमा आफ्नो २ वर्षको पारिश्रमिक दिने घोषणा गरेको जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत गम्भीरले भनेका छन्' 'अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्नेभन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ ।’ 

साथै उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह पनि गरेका छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया