बिदामा नबस्नूस्, उच्च मनोबलका साथ काम गर्नूस् : मन्त्रालय

 चैत २१, २०७६ शुक्रबार १६:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महामारीका बेला सबैले मिलेर काम गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

विपद्को यो बेला दीर्घ रोगी, गर्भवती र सुत्केरी लगायत सबै स्वास्थ्यकर्मीले आफ्ना क्षमता र दक्षता अनुसार उच्च मनोबलका साथ काम गर्ने बेला यही भएकाले स्वास्थ्य क्षेत्रका कसैलाई पनि बिदा नदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संकटको यो बेला अन्यौलमा नपरी सबैले काम गर्नुपर्ने भएकाले कसैलाई पनि बिदा नमिल्ने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०७७

तपाईको प्रतिक्रिया