भारतबाट फर्किएको दक्षिण अफ्रिकी क्रिकेट टिमका खेलाडीको काेभिड-१९ परीक्षण नेगेटिभ

 चैत २२, २०७६ शनिबार ९:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारत भ्रमणबाट फर्किएको दक्षिण अफ्रिकी क्रिकेट टिमका खेलाडीको कोरोना भाइरस टेस्ट नेगेटिभ आएको छ ।

दक्षिण अफ्रिका फर्किए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । खेलाडीको नमुना परीक्षण गर्दा सबैको नेगेटिभ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिण अफ्रिकी क्रिकेट टिम मार्च १८ तारिखमा स्वदेश फिर्ता भएको थियो ।

दक्षिण अफ्रिकामा पनि अहिले लकडाउन भने जारी छ । दक्षिण अफ्रिकी टिम भारतमा तीन वटा एक दिवसीय म्याच खेल्न आएको थियो ।

पहिलो एक दिवसीय वर्षाका कारण रद्द भएको थियो भने अरु २ वटा एक दिवसीय कोरोना महामारी बढ्दो अवस्थामा रहेकाले रद्द गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया