सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

 चैत २२, २०७६ शनिबार ११:३७:३१ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक - बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा रहेको जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । 

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर ११० का दरले पेट्रोल बेचिरहेको अवस्थामा उहाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पेट्रोल पम्पमा कार्यरत कर्मचारीले बिल नदिइ बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बेच्दै आइरहेकोले उहाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया