भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप अनिश्चितकालका लागि स्थगित

 चैत २२, २०७६ शनिबार १३:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ । यो प्रतियाेगिता नाेभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो । भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा हुने तय भएको थियो ।

यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् । यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएकाे छ । यो प्रतियोगिता पानामा र कोस्टारिकामा अगस्ट र सेप्टेम्बरमा आयाेजना हुने तय भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया