क्वरेण्टीन केन्द्र बनाउन आफ्नाे कार्यालय प्रयाेग गर्न शाहरुख खानकाे प्रस्ताव

 चैत २३, २०७६ आइतबार ७:६:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बलिवुड अभिनेता शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन प्रस्ताव गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

भारतमा काेराेना भाइरसकाे प्रकाेप बढेसँगै विभिन्न कलाकार तथा व्यापारीहरुले सहयाेग गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • pranab singh

    April 5, 2020, 10:12 a.m.

    finally he realised his mistakes for big flopp of his films. #business mind🙄

  •  0 Reply

तपाईको प्रतिक्रिया