सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
रुपन्देही – प्रदेश ५ मा कोरोना भाइरसको आशङ्कामा ८९ जनाको स्वाब परीक्षण गरिएको छ ।
सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गरिएकामध्ये ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चौध जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना आशङ्का गरिएका १ सय ३० जनामध्ये १८ जनाको उपचार आइसोलेसनमा भइरहेको छ । प्रदेशभित्र रहेका ३ सय ७ वटा क्वरेण्टीनमा २ हजार ३ सय ८० जनालाई राखिएको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।