लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
दाङ – छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी बढेसगै दाङका सीमावर्ती क्षेत्रका थप ४ वटा नाकामा आज आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् ।
ससाना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्न सक्ने भन्दै चारवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सिमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्त्र प्रहरी बल खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ वटा नाका अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।