सस्तोडिल डटकमले घरघरमै अत्यावश्यक वस्तु पुर्याउँदै : कर्मचारीलाई पीपीई अनिवार्य

 चैत २३, २०७६ आइतबार १३:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ई कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको अवस्थामा अत्यावश्यक वस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ।

उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा गएर आफूलाइ आवश्यक सामग्री अर्डर गरेपछि कम्पनी काठमाण्डौ उपत्यकाभित्र घरैमा डेलिभरी गर्ने कम्पनिका  संस्थापक अमुन थापाले बताउनुभयो । त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ। 

अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न् । पैसाबाट समेत कोभिड १९ सर्नसक्ने भएकोले नगदभन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरी क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ।

सेल पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क नि:शुल्क प्राप्त गर्नेछन्। कोरोना राहत कोषमा एन एम बी बैंकको कार्डमार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत र आई एम ई मार्फत भुक्तानी गर्दा दुई सय पचास रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिनुभयो।

अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुविधा समेत रहेको छ।

नेपाल सरकारले विद्युतको महसुलमा छुट दिएसँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइसकुकरको माग बढेको थापा बताउनुहुन्छ

सस्तोडिलका काममा खटिने कर्मचारीले पीपीई प्रयोग गरी काम गर्छन्। स्वास्थ्य सावधानी अपनाउनु पर्ने समय भएकोले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया