अमेरिकामा रहेका नेपाली मूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा

 चैत २३, २०७६ आइतबार १४:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् ।

अहिलेसम्म नेपाली मूलका एक जनाको निधन भएको छ भने झण्डै ५ सय जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको पाइएको छ तर यसको आधिकारिकरूपमा पुष्टि भने हुन सकेको छैन ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायत ठाउँमा बढी बसोबास गर्ने तथ्याङ्क छ ।

यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो, वासिङ्टन इलिनोइमा पनि बसोबास गर्दै आएका छन् ।

अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको छ । न्ययोर्कमा मात्र झण्डै ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया