खरिपाटी क्वरेण्टीनमा रहेका सबै ९४ जनाको कोरोना रिपोर्ट नेगेटिभ : मन्त्रालय

 चैत २३, २०७६ आइतबार १७:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीमा रहेको क्वरेण्टीनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । 

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वरेण्टीनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको  पुष्टि गर्नुभएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वरेण्टीनमा राखिएको थियो ।   डाक्टर देवकोटाले आइतबार सम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाण्डौ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको जानकारी दिनुभयो ।

उहाँले चितवनमा नमुना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबार देखि सुरु हुने बताउनुभयो । काठमाण्डौमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन् । मन्त्रालयको मोबाईल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् ।

आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र ती मध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । यो संगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।

उहाँले कैलाली, कञ्चनपुर र बाग्लुङका क्वरेण्टीनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेष्ट बाट कोभिड १९ को परीक्षण गर्ने र पोजिभ देखिएका व्यक्तिको पुन पीसीआर विधिबाट परीक्षण गर्न सरकारदले दिएको निर्देशन अनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिनुभयो ।  

क्वरेण्टीनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्ड अनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले अझै पनि बिहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै उहाँले आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुन सचेत गराउनुभयो ।

उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था श्रृजना नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले बाहिरबाट आएका सङ्क्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्वरेण्टीनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गरि परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बन्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया