कोरोना रोकथाममा ५० हजार स्वास्थ्य स्वयंसेविकालाई खटाउने सरकारको निर्णय

 चैत २३, २०७६ आइतबार १९:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net


सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य स्वयंसेविकालाई खटाउने भएको छ । आइतवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभरीका ५० हजार जना स्वास्थ स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको समितिका सदस्य तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव  नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो । उनिहरु सबैको बिमा हुने र अतिरिक्त भत्ता पनि पाउनेछन । 
यस्तै सरकारले अत्यावश्यक औसधि र मेडिकल उपकरण सरकारी(सरकारी अर्थात जि टु जी माध्यमबाट किन्ने र निजि क्षेत्रबाट पनि किन्ने निर्णय गरेको छ । 
समन्वय समितिको बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब परिक्षण गर्ने र कोरोनाको कुनै संकेत नदेखिएमा मात्र घर पठाउने निर्णय गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया