विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा रहेकालाई क्वरेण्टीनमा बस्न सरकारको आग्रह

 चैत २३, २०७६ आइतबार २०:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो ३ हप्ताभित्र विदेशबाट फर्किएका व्यक्तिसँग सम्पर्क भएको भए अबको २ हप्तासम्म घरमै बस्न आग्रह गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाइले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमित वा विदेशबाट आएका जो कोही व्यक्तिसँग सम्पर्क भएको भए अरु व्यक्तिबाट कम्तीमा १ मिटर दूरी कायम गरी घरमै बस्न आग्रह गरेको हो । 

यस्तै ज्वरो आए, खोकी र श्वास फेर्न गाह्रो भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ । सबैले आआफ्नो ठाउँबाट सहयोग गरे कोरोना भाइरसको संक्रमण नफैलने डाक्टर गुणराज लोहनीले बताउनुभएको । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया