‘लकडाउन’ अवज्ञा गर्नेलाई प्रहरीले पक्राउ गर्ने शैली फेरियो

 चैत २५, २०७६ मंगलबार ११:५९:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लागु गरिएको देशव्यापी ‘लकडाउन’ अवज्ञा गर्नेलाई ट्रयाप ‘स्टिकी क्याच’बाट पक्राउ गरेर प्रहरीले सार्वजनिक गर्न सुरू गरेको छ ।

अत्यावश्यक कामबाहेक विना काम बाहिर हिँडेकालाई वडा प्रहरी कार्यालय घोराहीले आफैँले निर्माण गरेको ‘स्टिकी क्याच’को सहयोगले समात्न शुरू गरेको छ । प्रहरीले ‘स्टिकी क्याच’को सहायताले सोमबार १२ जनालाई पक्राउ गरेको छ । 

पक्राउ परेकामध्ये ८ जना पुरूष र ४ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । बाटोमा हिँडेकालाई हातले समात्दा प्रहरीमा पनि सङ्क्रमण हुने जोखिम रहेकोले ‘स्टिकी क्याच’ले समात्न थालिएको हो ।

यस्तै, जिल्लामा ‘लकडाउन’ अवज्ञा गरी सवारी साधन चलाउने पनि उल्लेख्य सङ्ख्यामा पक्राउ परेका छन् । आज जिल्लाका विभिन्न स्थानबाट ५७ वटा सवारी साधन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । 

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५६ वटा मोटरसाइकल र १ वटा ट्रक रहेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Tulsiram

    April 9, 2020, 8:17 p.m.

    सरकारले कि गाऊ जाने बाटो देखाउन पर्यो नभए राहत दिन सक्नु पर्यो, उपत्यका कसरि बाच्ने न काम छ नत पैसा, नत राहत 😢😢😢😢😢

  •  0 Reply

तपाईको प्रतिक्रिया