शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ

 चैत २५, २०७६ मंगलबार १६:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

ज्वरो नाप्ने ६७ वटा इन्फ्रारेड थर्मल गनसहित उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले उज्यालोलाई जानकारी दिनुभयो । ५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

अग्रवाल काठमाण्डौको नक्सालबाट पक्राउ परेका हुन् । किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको महाशाखाले जनाएको छ ।

२०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिँडेको अवस्थामा महाशाखाले फेला पारेको र त्यसपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख थापाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Deepak Magar

    April 8, 2020, 4:38 a.m.

    सहि हो यस्ता मान्छेलाइ खोजी खोजी कोच्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया