कोरोनाविरुद्ध लड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

 चैत २५, २०७६ मंगलबार १६:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले नेपाललाई फास्ट्रयाक विधिमार्फत २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ  ।

सहयोग सम्झौतामा आज अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोले हस्ताक्षर गर्नुभयो । 

कोरोनाबाट बच्न पूर्वतयारी र सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउन विश्व बैंकले यो रकम नेपाललाई दिएको हो । यो रकम विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यक्तिमा कोरोनाको परीक्षण बढाउन, सङ्क्रमितसँग सम्पर्कमा रहेकाको खोजी अर्थात कन्ट्याक्ट ट्रेसिङ, आईसीयू कक्षको विस्तार र देशैभर आइसोलेसन कक्षको विस्तारमा खर्च हुनेछ । 

यस्तै स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई खरिद र ल्याब विस्तारमा पनि रकम खर्च हुनेछ । विश्व बैंकले विकासशील देशहरुको लागि कोरोनाविरुद्ध लड्न १४ बिलियन अमेरिकी डलको फाष्ट्रयाक सहयोग प्याकेज घोषणा गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया