बेलझुण्डीको आइसोलेसनमा थप १९ जना भर्ना, स्वाब संकलन हुँदै

 चैत २५, २०७६ मंगलबार १९:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको बेलझुण्डीमा प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा १९ जना भर्ना भएका छन् । 

दाङ र प्यूठानका गरी १९ जना भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना भाइरस फोकलपर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

अस्पतालमा कैलालीको गौरीफन्टा नाका भएर आएका ७ जना, तुलसीपुरको रक्षाचौरमा रहेको क्वरेन्टीन बसेका ४ जना र प्यूठानबाट थप ४ जना आएर कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका हुन् । प्रदेश सरकारले एक सय बेडको आइसोलेसन बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । 

भर्ना भएका चार जनाको विवरण आउन बाँकी रहेको चन्दको भनाइ छ । यस्तै जिल्ला प्रहरी कार्यालय दाङले गौरीफन्टाबाट आएका लमहीका एक जनालाई बेलझुण्डी पठाएको जनाएको छ । 

उक्त नाका भएर नेपाल प्रवेश गरेका दाङका दश जनामध्ये दुई व्यक्तिको खोजी तीव्र पारिएको छ । यसअघि सात जनालाई बेलझुण्डी भर्ना गरिएको छ । भर्ना भएका १९ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गर्ने कार्य जारी रहेको छ ।

 नमूना संकलन गरेर रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको प्रयोगशालामा पठाउने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया