कोरोनाको कारण नेपालीलाई अप्ठेरो पर्न नदिने कुवेत सरकारको प्रतिबद्धता

 चैत २५, २०७६ मंगलबार १७:५२:५५ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतले कोरोना भाइरसका कारण नेपाली श्रमिकलाई कुनै पनि अप्ठेरो पर्न नदिने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कुवेतका प्रधानमन्त्री शेख सभा खालिद अल अहमद अल सभासँग नेपाली सुरक्षाको बारेमा टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो ।

कुराकानमिाकुवेतका प्रधानमन्त्रीले त्यहाँ कार्यरत श्रमिकलाई कुनै अप्ठेरो पर्न नदिने र उपचारमा पनि खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर ह्याण्डलमार्फत जानकारी दिनुभएको छ ।

कुवेतमा अहिलेसम्म एक जना नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । प्रधानमन्त्री ओलीले यसअघि बहराइन र यूएईका राष्ट्र प्रमुखसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै त्यहाँ रहेका नेपालीकाबारेमा चासो राख्नुभएको थियो । यूएईले पनि नेपालीको उपचार यूएईका नागरिक सरह गर्ने बताएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया