दाङमा हप्ताको ९ घण्टा मात्रै पसल खुला

 चैत २६, २०७६ बुधबार ११:६:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – स्थानीय प्रशासनले दाङमा बुधबारदेखि 'लकडाउन'लाई थप कडाइ गरेको छ ।  

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनको लागि लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रशासनले हप्ताको ३ दिन ३ घण्टा मात्रै अत्यावश्यक वस्तुको पसल खोल्ने निर्णय गरेको छ ।  

आइतबार, मङ्गलबार र शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म अति आवश्यक वस्तुको किनबेचका लागि समय छट्टयाइएको छ ।

त्यस अवधिमा १ मिटरको दुरी कायम गरी किनबेच गर्न आमनागरिकलाई जिल्ला प्रशासनले आग्रह गरेको छ ।

यसअघि किनबेचको लागि दैनिक बिहान ३ घण्टा समय छुट्टाइएको थियो ।  

‘लकडाउन’मा हिँडडुल गर्नेको फोटो खिचेर सार्वजनिक गर्ने र उनीहरुलाई ‘होल्ड’ गर्न समेत सुरु गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया