दाङमा पत्रकारको नक्कली परिचय पत्र बोकेर मोटरसाइकल चलाउने पक्राउ

 चैत २६, २०७६ बुधबार १४:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - लकडाउनका बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जनालाई बुधबार बिहान प्रहरीले दाङको तुलसीपुरबाट पक्राउ गरेको छ ।

तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ६ हात्तीखौवामा रहेको सडकखण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तुलसीपुर १७ का २८ वर्षीय मेघराज सुनार बा ८७ प १००६ नम्बरको मोटरसाइकल पक्राउ परेका हुन् ।

जाँच गर्ने क्रममा उनले पत्रकार हुँ भन्दै Reports Club Dang ID No 15 PRESS KHIM BAHADUR DC Reporter लेखेको फोटोसहितको परिचय पत्र देखाएपछि त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचय पत्र बोएकेको खुलेको कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया