बर्दियाको ठाकुरबाबामा रेडियो टाइगर र फेसबुक पेजमार्फत एसईई तयारी कक्षा सञ्चालन

 चैत २६, २०७६ बुधबार १६:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एसईई परिक्षार्थीका लागि रेडियो टाइगर र अनलाइनबाट विषेश एसईई तयारी कक्षा सञ्चालनमा ल्याएको छ । 

‘उज्वल भविष्य, एसईई तयारी कक्षा’ भन्ने नारासहित एसईई परीक्षाको तयारी गरिरहेका ठाकुरबाबा सहित छिमेकी पालिकाका विद्यार्थीहरुको सजिलोका लागि घरमै बसेर अभ्यास गर्न सक्नेगरी रेडियो टाइगर बर्दिया र अनलाइनबाट एकैसाथ तयारी कक्षा सञ्चालनमा ल्याएको हो । 

नगर तथा छिमेकी पालिका अन्तर्गतका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले ठाकुरबाबा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा रेडियो टाइगर ९९.२ मेगाहर्ज बर्दियासंगको सहकार्यमा सोमबारदेखि रेडियो तथा अनलाइन एसईई तयारी कक्षा सञ्चालन गरिएको शिक्षा प्रमुख एवं प्रमुख कार्यकारी अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो ।

रेडियो टाइगर र सामाजिक सञ्जाल फेसबुक पेज र अनलाइनबाट एसईई तयारी कक्षा कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई शिक्षा शाखाले अनुरोध गरेको छ । 

सबैसंग इण्टरनेटको सुविधा नहुने भएकाले रेडियो नै सबैभन्दा बढी प्रभावकारी हुने हिसाबले रेडियोसँग सहकार्य गरी तयारी कक्षा सञ्चालन गरिएको हो । 
ठाकुरबाबा नगरपालिका सहित छिमेकी पालिकाका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकले तयारी कक्षाकाका लागि रेडियो टाइगर ९९.२ मेगाहर्ज, तष्नभचपजबदबच।अयm अथवा हाम्रो पात्रोबाट रेडियो टाइगर संसारभर सुन्न सकिने र फेसबुक पेज त्जबपगचदबदब क्भ्भ् उचभउबचबतष्यल द्दण्ठट लाइक गरेर हरेक विद्यालयले आ आफ्ना विषय शिक्षक र विद्यार्थी सम्मिलित फेसबुक ग्रुप बनाएर पनि तयारी कक्षामा सहभागी हुन थालेका छन् ।

यस्तै आ–आफ्ना विद्यालयका प्रधानाध्यापकलाई फोन सम्पर्क गरी प्रक्रिया बारे जानकारी लिने, हरेक दिन तालिका अनुसार एउटा सामुदायिक र एउटा संस्थागत विद्यालयका तर्फबाट अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयका प्रश्न बढीमा १० पूर्णाङ्कका प्रश्न र उत्तरसहित प्रधानाध्यापक वा फोकल शिक्षकमार्फत शिक्षा शाखा अधिकृत सीता भण्डारी र तयारी कार्यक्रम संयोजनकर्ता शिक्षक एवं रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपाललाई अघिल्लो दिन साँझसम्म पठाउँदै आइएको छ ।

प्राप्त प्रश्नहरू र अघिल्लो दिनका प्रश्नहरुका उत्तर रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपालले एकान्तबासबाट हरेक बिहान ११ बजेदेखि १२ बजेसम्म रेडियो टाइगर ९९.२ मेगाहर्ज र फेसबुक पेज मार्फत जानकारी गराउँदै आउनु भएको छ । 
ती प्रश्न तथा उत्तरहरु फेसबुक गु्रपमा पनि राखिने गरिएको छ ।

एसइइ तयारी कक्षा सञ्चालन भएसँगै ठाकुरबाबा सहित बारबर्दिया, मधुवन, गुलरिया, गेरुवा, राजापुर लगायतका पालिकाका विद्यार्थीहरुले समेत तयारी गर्न पाएका छन ्। 

लकडाउन लम्बिएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले एसइइलाई लक्षित गरी पठनपाठन शुरु गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । 

एसइइ लक्षित गरि तयार गरिएको रेडियो कार्यक्रम दैनिक रुपमा १ घण्टाको रहने नगरपालिकाका शिक्षा प्रमुख एवं प्रमुख कार्यकारी अधिकृत रामहरि रिजालले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक विद्यालयमा माध्यमिक तहको शिक्षक संख्या र एसईई दिने विद्यार्थी संख्याको अनुपात मिलाएर विद्यार्थीको फ्लोअपको जिम्मेवारी बाँडेको छ । रेडियो टाइगरबाट प्रसारित कार्यक्रम अनुसार विद्यार्थीको घरको अध्ययन प्रक्रिया मिलेरनमिलेको हेर्ने र अध्ययनमा परेको अप्ठ्यारोलाई ती शिक्षकहरुले सहजीकरण गर्ने जिम्मेवारी सुम्पिएको छ ।

एसईई तयारी कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले ४ सदस्यीय समिति समेत बनाएको छ । नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षकलाई पालो गरी एक घण्टाको रेडियो कार्यक्रम बनाउनका लागि समेत जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ ।

एसईई तयारी कक्षा विषेश कार्यक्रम एकान्तबासबाट नेपालसँगै शिक्षा शाखा अधिकृत सीता भण्डारी, शिक्षक सीता सापकोटा एवं रेडियोको स्टेशन कार्यालय भुरिगाउँबाट रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगीले सञ्चालन गरिरहनु भएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया