कोभिड-१९ : राहतका लागि ट्विटरका संस्थापक डोर्सेद्वारा १ अर्ब डलर सहयोगको घोषणा

 चैत २६, २०७६ बुधबार १८:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोना भाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ । 

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गर्नु भएको छ । 

फोर्ब्सका अनुसार डोर्सेको कुल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया