सामाजिक सञ्जालमार्फत कोरोनासम्बन्धी जनचेतना

 चैत २६, २०७६ बुधबार १९:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा रहेको समता स्कुल तथा कलेजका प्रिन्सिपल अजय अधिकारी सुशीलले सामाजिक सञ्जालमा भिडियोमार्फत कोरोना संक्रमणबाट बच्ने उपायबारे सन्देशमूलक जानकारी दिन थाल्नुभएको छ ।

सन्देशमूलक भिडियो तयार गरी हरेक दिन सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमार्फत सन्देश प्रवाह गर्ने काम भैरहेको अधिकारीले बताउनुभयो । 

https://m.facebook.com/story.php?story_fbid=3169632169748212&id=100001043813025

विशेषगरी बालबालिकाहरुलाई स्वास्थ्य सम्बन्धमा सचेत गराउनुपर्ने र भेटघाट पनि बन्द भएकोले सामाजिक सञ्जालमार्फत आफूले सचेतनामूलक भिडियो तयार गरी प्रवाह गरिरहेको अधिकारीको भनाइ छ ।

https://m.facebook.com/story.php?story_fbid=3167675179943911&id=100001043813025

टिकटकलाई मनोरञ्जनको साधन मात्रै बनाइएकोले यस्तो अवस्थामा यसलाई सन्देशमूलक सामग्री निर्माण गर्ने थलोको रुपमा पनि आफूले प्रयोग गरिएको उहाँले बताउनुभयो  ।

https://m.facebook.com/story.php?story_fbid=3163145047063591&id=100001043813025

अधिकारीले बनाउनुभएका मनोरञ्जनात्मक कोरोना भाइरस विशेष चेतनामूलक सामग्रीलाई धेरैले रुचाएका छन् । उहाँले भिडियोमार्फत सन्देश प्रवाहसँगै राहतका कार्यक्रमहरुलाई पनि अघि बढाउनुभएको छ । 

https://m.facebook.com/story.php?story_fbid=3164886633556099&id=100001043813025

मंगलबार मात्रै उहाँ संस्थापक सदस्य रहेको नवजीवन परोपकार समाज मार्फत तारकेश्वर नगरपालिकाभित्र रहेका विपन्न वर्ग र केही आश्रमका ५ सय भन्दा धेरै बालबालिकालाई अधिकारीले मास्क वितरण गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया