साउदीमा कोरोना सङ्क्रमित तीन जना नेपाली निको भए

 चैत २६, २०७६ बुधबार १९:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् ।

साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना  काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् । यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।

खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । 

खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना सङ्क्रमित छन् । 

 

 

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया