खुम्बुमा १५ वर्षयता पहिलो पटक चैतमा हिमपात

 चैत २६, २०७६ बुधबार २१:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा १५ वर्षयता पहिलो पटक चैत महिनामा हिमपात भएको छ ।

यसअघि  फागुन १५ गते सम्म हिमपात हुने खुम्बुमा यस बर्ष चैत अन्तिम साता बुधबार हिमपात भएको हो ।

वैशाख सुरु हुनै लाग्दा भएको हिमपातले खुम्बुवासी अचम्मित बनेका छन् । हिमपात भएसँगै खुम्बुमा चिसोसमेत बढेको नाम्चेका स्थानिय लामाकाजी शेर्पाले बताउनुभयो ।

शेर्पाका अनुसार वि.स २०६१ सालमा चैत पहिलो साता हिमपात भएको थियो । त्यस यता चैत महिनामा हिमपात भएको यो पहिलो पटक हो । जलवायु परिवर्तनका कारण यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ ।

नाम्चेभन्दा माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो भेगमा केही कम मात्रामा हिमपात भएको खुम्बुका स्थानीय जाङमु शेर्पाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया