सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे सुविधा खाेस्याे

 चैत २७, २०७६ बिहिबार ६:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे कूटनीतिक सुविधा खोसेको छ ।

अवैतनिक दूतले पटक पटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलकाे भीभीआईपी कक्ष लगायतकाे सुविधा खोसेको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर अवैतिनक दूतलाई औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अरु समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको जनाएको छ । मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनीहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोसेको जानकारी गराएको हो ।

गएकाे मङ्गलबार किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेपछि सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएको कूटनीतिक सुविधा खोसेको हो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

2 Comments

  • Phurba

    April 9, 2020, 11:21 a.m.

    Very good. Such actions are needed.

  •  0 Reply
  • Sapkota Nabin

    April 9, 2020, 6:46 a.m.

    अब सरकारले यसरी नै कडा निगरानी राख्नु पर्छ तब मात्र देश केहि माथिल्लो खुड्किलो उक्लिन सफल हुने छ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया