'लकडाउन'को माैका छोपेर दाङमा वन फडानी

 चैत २७, २०७६ बिहिबार ९:३:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लकडाउनको माैका छाेपेर दाङको दङ्गीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रुख काटिएका छन् । झण्डै एक हजार क्यु फीट सालको काटिएको काठ सहित दुई जना पक्राउ परेका छन् ।

सहायक वन अधिकृत खिमबहादुर केसीकाे नेतृत्वमा गएको डिभिजन वन कार्यालय दाङको नियमित गस्तीले सिमठाना सामुदायिक वन क्षेत्रमा अवैध रुपमा काटिएका ५५ थान रुख सहित घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरेको हाे । घटनास्थलको प्रकृति हेर्दा घटनामा जसको संलग्नता भए पनि वनको संरक्षण र सदुपयोगको जिम्मा पाएको समूहका कार्य समितिका पदाधिकारीरुको लापर्वाही देखिएको सहायक वन अधिकृत केसीले जानकारी दिनुभयो ।

कटान क्षेत्रमा रहेका काठ बरामद गरिए पनि लकडाउनका कारण ढुवानी गर्न असहज भएकोले सम्बन्धित समूहका जिम्मेवार पदाधिकारीहरुलाई जिम्मा लगाइएकाे दङ्गीशरण सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो ।

लकडाउन अवधिभर 'टुर' गस्ती

लकडाउनको बेला हुन सक्ने सम्भावित चोरी/तस्करीलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय दाङले टुर गस्ती सञ्चालन गरिरहेको छ । गस्ती सञ्चालन गर्नुपर्ने जोखिमयुक्त ठाउँहरुको समेत पहिचान गरी गस्ती कार्य चलिरहेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

लकडाउनको समयमा मानिसहरु घरभित्रै रहने भएकोले त्यसकाे फाइदा उठाएर चाेरी/तस्करी हुने ज्ञवालीले बताउनुभयाे । चाेरी/तस्करी हुन नदिन गस्ती परिचालनलाई अझ प्रभावकारी गराइएको प्रमुख ज्ञवालीको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • लोक ब बोहरा

    April 9, 2020, 10:24 a.m.

    सारा विश्व महामारि सङग लडिरहेको बेला ज्यानको बाजि लगायर जङगल फरानि गर्ने लाई कानुनि दायरामा ल्याउनुपर्छ यो राम्रो काम

  •  0 Reply

तपाईको प्रतिक्रिया