शुक्रबार र शनिबार काठमाण्डौबाट बाहिर जान दिइने, तर काठमाण्डौ आउन नपाइने

 चैत २७, २०७६ बिहिबार १६:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ - लकडाउनका कारण धेरै मजदूर तथा अन्य अलपत्र परेपछि सरकारले शुक्रबार र शनिबार काठमाण्डौबाट बाहिर जान दिने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने पनि समितिले निर्णय गरेको छ।

यसको मोडालिटी गृह मन्त्रालयले तयार पारिरहेको छ।

गएको  ११ घोषणा भएको लक डाउन लम्बिए पछि सरकारले काठमाण्डौ बाहिर जानेलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको हो । सरकारले वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • dhama paudyal

    April 9, 2020, 6:51 p.m.

    यो निर्णय बाट पनि सरकार पुच्छर लुकाएर लाचार भएर क्यान्सिल गर्‍यो रे । कस्ता मन्त्री ? कस्तो निर्णय ? थुक्क पाजी हो । सकिन्छ की सकिन्न भनेर पहिले नै सबै संबन्धित सग सल्लाह गरेर निर्णय गर्नु पर्दैन । ? यातायात मन्त्री ले समय मै बिचार पुर्याएर यो कार्यान्वन गर्न सकिन्न भनेछन्, नत्र झान भयाबहा हुनेथियो देश को स्थिती । पहिले कुरो त कहाँ बाट ल्याउछन दशौ हज्जार ड्राइभर ? को जान तयार हुछ ? अर्को कुरो रोग लाई फैलाउने काम हुन्छ यस्बाट ।

  •  0 Reply

तपाईको प्रतिक्रिया