न्युजिल्याण्डमा काेराेनाको कारण दाेस्राे व्यक्तिकाे ज्यान गयाे

 चैत २८, २०७६ शुक्रबार १०:४९:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डमा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणबाट दाेस्राे व्यक्तिकाे ज्यान गएकाे छ । 

९० वर्षीया वृद्धाकाे क्रिस्टचर्चमा रहेकाे बुरवुड अस्पतालमा शुक्रबार ज्यान गएकाे न्युजिल्याण्ड सरकारले जनाएकाे छ । यसअघि गएकाे मार्च महिनाकाे अन्त्यतिर ७० वर्षीया एक महिलाकाे ज्यान गएकाे थियाे । 

न्युजिल्याण्डमा शुक्रबार ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । याे सङ्ख्या बिहीबारकाे भन्दा २९ ले कम हाे । न्युजिल्याण्डमा अहिलेसम्म एक हजार दुई सयभन्दा धेरै सङ्क्रमित भएका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया