च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार चार वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ ।
विमानस्थल कार्यालयका अनुसार बेलायतले आफ्ना नागरिक घर फर्काउन टाइटन एअरको जहाज चाटर्ड गरेको छ । जहाज मध्यान्ह १२ बजे काठमाण्डौं आइपुग्ने कार्यालयले जनाएको छ । बेलायतले योसहित दोस्रो विमान चार्टर्ड गरेर नागरिक घर फर्काएको छ भने आउँदो हप्ता थप नागरिक घर फर्काउने जनाएको छ ।
यस्तै आजै कोरियन नागरिक लैजान कोरियन एअरको जहाज पनि नेपाल आउँदैछ । यो जहाज पौने ४ बजे आइपुग्नेछ ।
नेपाल एअरलाइन्सले शुक्रबार दुई वटा चार्टर्ड उडान गर्दैछ । एउटा वाइडबडी जहाज जापानी नागरिक बोकेर नारिता जाँदैछ भने अर्को वाइडबडी औषधि र मेडिकल सामग्री लिन चीनको ग्वान्झाउ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ ।