काेराेना राेकथामकाे लागि सरकारले गरिरहेकाे कामकाे अनुगमन हुने

 चैत २८, २०७६ शुक्रबार १२:४७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोग र विभिन्न सङ्घ संस्थाले कोरोना भाइरस (काेभिड १९)  को रोकथामकाे लागि सरकारले गरिरहेकाे कामको अनुगमन गर्ने भएका छन् ।

कोरोनाको रोकथामका लागि सरकारले गरिरहेका काम, स्वास्थ्य उपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिक कर्तव्य लगायतका विषयमा अनुगमन गरी सुझाव दिन समिति गठन गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा गठित समितिमा आयोगका सचिव वेद भट्टराई, नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्याल हुनुहुन्छ । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट, नेपाल गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतमान लामा र महासचिव रामप्रसाद सुवेदी र मानवअधिकार आयोगका निर्देशक डाक्टर टीकाराम पोखरेल सदस्य हुनुहुन्छ ।

अनुगमनलाई थप प्रभावकारी बनाउन सात वटै प्रदेशमा प्रदेशस्तरीय र ७७ वटै जिल्लामा जिल्लास्तरीय अनुगमन समिति पनि गठन गरिएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया