मलेसियामा फेरि  ‘लकडाउन’को अवधि थप दुई हप्ता लम्बियो

 चैत २८, २०७६ शुक्रबार १७:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा लकडाउनको अवधि फेरि दुई हप्ता थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो । अब २८ अप्रिलसम्म मलेसियामा लकडाउन कायम रहनेछ ।

कोरोना सङ्क्रमण रोथामका लागि मलेसिया सरकारले मार्च १८ देखि नै लकडाउन जारी गरेको हो । त्यसैले यो अवधिमा लकडाउनको पालना गर्न पनि दूतावासले आग्रह गरेको छ ।

मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म एक नेपालीलाई सङ्क्रमण देखिएको दूतावासले आधिकारीक जानकारी दिएको छ ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया