शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
धनकुटा - लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेका १ सय ४ जना धनकुटाका नागरिकलाई उद्धार गरेर जिल्ला ल्याइएको छ ।
धनकुटा नगर क्षेत्रका उनीहरुलाई दुई वटा बसमा राखेर जिल्ला ल्याइएको हो । सोमबार बेलुका काठमाण्डौबाट छुटेको बसले मंगलबार अपराह्न ४ बजे जिल्ला सदरमुकाम धनकुटा उनीहरुलाई ल्याइपुर्याएको हो ।
पालिकाहरुसँगको समन्वयमा उनीहरुलाई उद्धार गरेर घर फर्काइएको हो । काठमाडौमा विभिन्न पेशा, अध्ययन तथा उपचारको क्रममा रहेर लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई नगरपालिकाले उद्धार गरेर धनकुटा ल्याएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जानकारी दिनुभयो ।
उनीहरुलाई धनकुटासम्म आउँदा लागेको गाडी भाडा बापतको रकम नगरपालिकाले बेहोरेको छ । गाडीले प्रतिव्यक्ति १५ सयका दरले धनकुटासम्म ल्याएको थियो । जिल्ला भित्रिएका सबैलाई भेडेटारमा स्वास्थ्य परीक्षण गरिएको छ ।
उनीहरुलाई अनिवार्य होम क्वारेण्टीनमा राखिने गरी ल्याइएको हो । होम क्वारेण्टीनमा रहेको बेला स्थानीय प्रशासन, सम्बन्धित वडा कार्यालयहरुले निगरानी गर्नेछन् ।