अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
दाङ, – नेपाल—भारत सिमा क्षेत्रमा पर्ने दाङको गढवा गाउँपालिका वडा नम्बर ८ का स्थानीयहरु आफ्नै गाउँपालिकाको कार्यालयमा पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।
वर्षायामको सुरुवातसँगै नेपाल–भारतको भन्सार नाका रहेको कोइलाबास क्षेत्रका बासिन्दालाई आफ्नै गाउँपालिकासहित जिल्लाका कुनै पनि निकायमा पुग्नलाई भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
यहाँका बासिन्दा कोइलाबासबाट २४ किलोमिटर दक्षिणमा पर्ने भारतको तुलसिपुर बढनी कृष्णनगर भन्सार नाका हुँदै ५ घण्टाको यात्रा गरि जिल्ला सदरमुकाम तथा गाँउपालिका कार्यालय जाने गरेको वडा नम्बर ८ का अध्यक्ष सद्धाम सिद्धिकीले बताउनुभयो ।
लमही कोइलाबास सडक निर्माण नहुँदा वर्षायामसँगै यातायात सेवा बन्द हुन्छ । पानी पर्दा सडक हिलाम्मे हुने भएकाले पैदल हिँड्नसमेत नसकिने भएकाले भारतीय बाटो प्रयोग गर्नुको विकल्प नभएको स्थानीयहरुको भनाइ छ ।
त्यसो त हुलाकीमार्ग अन्तर्गतको लमही कोइलाबास सडकको गढवा खण्डबाट कालोपत्रे गर्न सुरु गरिएको छ । यो सडक कालोपत्रे भए भारतीय बाटो प्रयोग गर्नुपर्ने समस्या समाधान हुनेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।